रास्वपाबाट कास्की–१ मा पौडेल उठ्ने

पाेखरा | माघ ५, २०८२

रास्वपाबाट कास्की–१ मा पौडेल उठ्ने

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।


टिकट पाएसँगै पौडेलले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन् ।  ‘यो चयन हुनु मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ हो,’ उनले भने, ‘यो भरोसाका लागि पार्टी नेतृत्व र शुभेच्छुकप्रति कृतज्ञ छु ।’


उनले आफ्नो राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्